बिहीबार, मंसिर १५, २०७९

चार जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३० गते १६:०९

काठमाडौ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरूष र रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

गत चैत २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका पुरूषको सोमबार बिहान सवा सात बजे मृत्यु भएको हो ।
त्यस्तै गत चैत २३ गते अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको पनि बिहान साढे सात बजेतिर मृत्यु भएको हो।मृतक दुवै जनामा कोरोना संक्रमणसँगै निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकी र्घाखाँचीको मालारानी गाउँपालिका ५ की ७९ वर्षीय महिलाको पनि सोमबार बिहान साढे नौ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्प
तालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए। डा. गौतमका अनुसार उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको थियो ।

त्यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रले जनाएको छ ।

तपाइँको प्रतिक्रिया