शनिबार, मंसिर २४, २०७९

१२ वर्षीय बालकलाई प्रहरीले कुटेर हत्या गरेको आरोपमा पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३० गते १५:३५

काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् ।आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । शव उत्खनन गरेर पोष्टमार्टमका लागी गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आईतसिंलाई कर्तब्य ज्यान मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया