बिहीबार, मंसिर १५, २०७९

डिजेल खन्याउने क्रममा रुपन्देहीस्थित पेट्रोल पम्पमा आगलागी

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३० गते १५:३१

गएराति रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा गैडहवा गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो ।
आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

बिहान पोखरेललाई सम्पर्क राख्दा ४ सय लिटर पेट्रोलियम पदार्थ जलेर नष्ट भएको जानकारी भए पनि थप क्षतिको विवरण सञ्चालक स्वयमले तयार पार्दै रहेको बताए ।डिजेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको जनाइएको छ । दुईवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया