शनिबार, मंसिर २४, २०७९

कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाटै हुन्छ : अध्यक्ष प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३० गते ९:४३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताउनुभएको छ ।आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उहाँले भन्नुभयो, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताउनुभयो ।उहाँले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।”

तपाइँको प्रतिक्रिया