बिहीबार, जेठ १८, २०८०

अलिबाबा कम्पनीलाई अहिलेसम्मकै उच्च २.७५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना

फ्ल्यासन्युज नेपाल२०७७ चैत २९ गते १९:२०

एजेन्सी । चीनमा ज्याक माको अनलाइन विक्रेता कम्पनीले अहिलेसम्मकै ठूलो जरिवाना तिर्नुपर्ने भएको छ ।विश्वको ठूलो अनलाइन विक्रेता चीनको अलिबाबा कम्पनीले अहिलेसम्मकै उच्च २.७५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्ने भएको बीबीसीमा उल्लेख छ।इन्टरनेटमा आधारित उक्त कम्पनीमाथि बजारमा कायम रहेको आफ्नो प्रभुत्व वर्षौंदेखि दुरुपयोग गरिएको आरोप लागिएको छ । अलिबाबाले उक्त आदेशलाई स्वीकार गर्दै तदनुरूप पालना गरिने एउटा विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ।

उक्त जरिवानालाई विश्लेषकहरूले बेइजिङ आफूलाई निकै ठूला लागेका इन्टरनेट मञ्चहरूविरुद्ध जान खोजेको सङ्केतका रूपमा लिएका छन्।

तपाइँको प्रतिक्रिया