बिहीबार, चैत ९, २०७९

बाढीका कारण चीनको कोइला खानीमा फसे २१ कामदार

फ्ल्यासन्युज नेपाल२०७७ चैत २९ गते १८:०३

काठमाडौं । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा २१ जना कामदार फसेका छन् । कोइला खानीभित्र काम भईरहेको समयमा पानी भरिँदा श्रमिकहरु खानीमा फसेका हुन् ।पानीले २९ जना श्रमिक प्रभावित भएको भएपनि आठ जनाको सकुशल उद्धार गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । श्रमिकहरुको उद्धार कार्य अझै जारी रहेको छ । उद्धारकर्मीहरुले खानीमा भएको पानी पम्पले निकालेर अक्सिजना भित्र पठाउने काम गरिरहेको छ ।

खानीमा हुने यस्ता दुर्घटनालाई चीनमा असामान्य घटनाका रुपमा लिइने गरिएको छैन । खानीहरु विश्वमै खतरनाक मानिन्छन् । गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो ।त्यसअघि गएको वर्षको डिसेम्बरमा पनि एक खानीमा कार्बन मोनोक्साइड लिक भएको २३ श्रमिकहरुको मृत्यु भएको थियो । त्यसैगरी गएको जनवरी मै मात्र पनि १० श्रमिकहरुको खानीमा भएको विस्फोटका कारण मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया