बुधबार, मंसिर १३, २०८०

नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ चैत २९ गते १७:३४

काठमाडौं । नेपालमा आइतबार (आज) थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार थप १४१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।नेपालमा हाल २९६१ जना आइसोलेशन र ८३ जना क्वारन्टाइनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पीसीआर परीक्षण गरिएको छ ।

तपाइँको प्रतिक्रिया