बुधबार, मंसिर २१, २०७९

तपाईं कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदा !!

फ्ल्यासन्युज नेपाल२०७७ चैत २९ गते ७:१६

जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।अदुवाको चिया पिउदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ । यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।

अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।
मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ । महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ । अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।

तपाइँको प्रतिक्रिया