बिहीबार, असोज २०, २०७९

नेपालमा पत्ता लागेभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने

फ्ल्यासन्युज नेपाल२०७७ चैत २८ गते २१:४७

काठमाण्डाै – समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने डाक्टरले बताएका छन् ।नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो ।यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको भनाइ छ ।

नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त सङ्क्रमितमध्ये पनि यो महिना ५० वर्षमुनिका बिरामी ५० प्रतिशतकै हाराहारीमा रहेका बास्तोलाले बताउनुभयो । जुन अघिल्लो ३ महिनाको तुलनामा सङ्ख्यात्मक हिसाबले दोब्बर जत्तिक्कै हो ।टेकु अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेका छन् । अहिलेकै जस्तै गरी सिकिस्त बिरामीको चाप बढ्ने हो भने २/३ हप्ताभित्र मृत्युदर बढ्ने सक्ने उहाँले बताउनुभयो ।

कोरोना भाइरसको पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो वेभमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएको छ ।

तपाइँको प्रतिक्रिया