शनिबार, मंसिर २४, २०७९

धन कमाउन कोरिया गएको छोरो बाकसमा फर्कियो, रुदा रुदै बेहोस भइन् बहिनी (भिडियो)

फ्ल्यासन्युज नेपाल२०७७ चैत २८ गते १६:५१

इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए । तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृ त घोषणा गरेको थियो ।

हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए । घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी हुन् ।

प्रदेशमा प्राय नेपाली मान्छेहरुकाे ज्यान गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घटनाहरु प्रत्येकदिन जसोनै घटिनैरहन्छन् । सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाक समा फर्कियो । यो घटना यसरी पनि अति द र्द नाक भयो कि गगन बितिसकेपछि उनको शव नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो। त्यहि ठूलो रकम जुटाउन आफन्त स्टमित्रले सबैसग चन्दा संकलन गर्दै यसरी शव नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।

तपाइँको प्रतिक्रिया