बिहीबार, चैत ९, २०७९

भारतका धेरै राज्यहरूहरुमा कोरोना खोपको अभाव

फ्ल्यासन्युज नेपाल२०७७ चैत २८ गते १४:२८

एजेन्सी । भारतका धेरै राज्यहरूबाट कोरोना खोपको अभाव भएको रिपोर्ट भएता पनि कम्पनीहरूले यसको उत्पादन बढाउन केहि समय लाग्न सक्ने जनाएको छ।टाइम्स अफ इण्डियाको एउटा रिपोर्टका अनुसार भारतमा भ्याक्सिन उत्पादन आगामी केही हप्ताहरूमा सीमित हुने केही संकेतहरू दिइएको छ। यद्यपि त्यसपछि उत्पादन लिने अपेक्षा गरिएको छ।पुनामा आधारित सेरम संस्थानको एक महिनामा ६ देखि ७ करोड डोज उत्पादन गर्ने क्षमता भएको बीबीसीले जनाएको छ। अखबारका अनुसार, अर्को महिनादेखि यसले खोपको मासिक उत्पादन लक्ष्य १० करोड डोजमा बढाउन सक्छ। त्यस्तै, भारत बायोटेक पनि यसको खोप उत्पादन क्षमता दुई गुणा गर्ने बारेमा विचार गरिरहेको छ।

गत केही दिनमा महाराष्ट्र, ओडिशा, आंध्र प्रदेश, तेलंगाना र छत्तीसगढ़लगायत धेरै राज्यले केन्द्रबाट खोप नहुनु भएको गुनासो गरेको बताइएको छ । तर त्यहाँको केन्द्र सरकारले भने देशमा खोपको कुनै अभाव नभएको र केही राज्यहरूले खोपको बारेमा राजनीति गरिरहेको बताएको छ।भारतमा कोरोना संक्रमणको बढ्दो घटनाहरूका कारण सरकारले गत महिना अस्थायी रूपमा खोपको निर्यातमा प्रतिबन्ध लगायो।

तपाइँको प्रतिक्रिया