शुक्रबार, असोज २१, २०७९

सरकारद्वारा २५ जनाभन्दा बढी मान्छे भेला हुन रोक

फ्ल्यासन्युज नेपाल२०७७ चैत २७ गते २३:५०

सरकारले फेरी २५ जनाभन्दा बढी मान्छे भेला हुन रोक लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि निर्णय गर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफरिस गरेको छ । सम्भवतः आजको बैठकले यो विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

तपाइँको प्रतिक्रिया