नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । मुलुकमा थप २ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा २ सय ८८ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २७ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय २७ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय २७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ०६ हजार २४४ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।