एकअर्काका नातेदार पर्छन् यी कलाकार
बलिउड आफैंमा एक ठूलो परिवार जस्तै छ । त्यही परिवारभित्रका केही कलाकारहरु नातामा एकअर्काका आफन्त पर्छन् ।आजतकमा प्रकाशित समाचारअनुसार सोनम कपूरदेखि रणवीर सिंहसम्म र करीना कपूर खानदेखि श्वेता बच्चनसम्मका अनुहार एकअर्काको नातेदार पर्छन् ।अभिनेत्री काजोलकी आमा अभिनेता मोहनीश बहलकी दिदी हुन् । त्यहीकारण काजोल र मोहनीशबीच मामाभान्जीको सम्बन्ध छ ।निर्देशक तथा निर्माता करण जोहार र निर्माता आदित्य चोपडाको सम्बन्ध मामा भान्जाको छ । करणकी आमा हीरु जोहार यशकी बहिनी हुन् ।
अभिनेत्री करीना कपूर खान बलिउडको सर्वाधिक चर्चित र सफल कपूर खानदानको प्रतिनिधित्व गर्छिन् । सायद एउटा कुरा कमैलाई थाहा होला श्वेता बच्चन नन्दा र करीना आफन्त हुन् ।श्वेता करीनाकी काकी र ऋतु नन्दाकी बुहारी हुन् । उनी करीनाका भान्जा निखिल नन्दाकी पत्नी हुन् ।अभिनेता रणवीर सिंह र अभिनेत्री सोनम कपूर निकै नजिकका आफन्त हुन् । सोनमकी हजुरआमा र रणवीरकी हजुरआमा दिदी बहिनी हुन् ।
अभिनेत्री रानी मुखर्जी र काजोल चर्चित अभिनेत्रीसँगै एकअर्काका नातेदार पनि हुन् । उनीहरुका पिता भान्जा भाइ हुन् ।