भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १.३१ लाखभन्दा बढी बिरामी भेटिए
भारतमा कोरोनाभाइरसका कारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।
अब हरेक सयजनामा ९ जना संक्रमित भेटिइरहेका छन्ः
देशमा बिरामी भेटिने संख्या पनि बढेर ९.२१ प्रतिशत भएको छ । अर्थात् हरेक सय व्यक्तिमा ९ जना कोरोना संक्रमित पाइएका छन् । तीन हप्ताअघि अर्थात् ११ देखि १७ मार्चबीच बिरामी भेटिने संख्या ३.११ प्रतिशत थियो ।अमेरिकालाई पछ्याउँदै भारत, पहिला संक्रमित कम भए त्यसपछि अचानक बढ्न थालेःकोरोना केसको मामिलामा भारत पनि अब अमेरिकालाई पछ्याउँदै छ । अमेरिकामा पनि अघिल्लो वर्ष अगस्ट र सेप्टेम्बरमा संक्रमितको संख्या तीब्र रुपमा घट्न थालेको थियो तर अचानक अक्टोबरमा यसमा वृद्धि हुन सुरु भयो र डिसेम्बरमा एक महिनाभित्र सर्वाधिक ६३.४५ लाख बिरामी भेटिए ।
अमेरिकामा कोरोनाको पहिलो पीक २४ जुलाईमा भएको थियो । त्यतिबेला यहाँ एक दिनभित्र सबैभन्दा धेरै ८० हजार संक्रमित भेटिएका थिए तर दोस्रो पीकमा यी सबै रेकर्ड तोडियो । ७ नोभेम्बरदेखि नै यहाँ हरेक दिन एक लाखभन्दा बढी बिरामी भेटिन थाले । ८ जनवरीमा रेकर्ड ३ लाख ९ हजारभन्दा बढी मानिसहरु यहाँ संक्रमित पाइएका थिए । भारतमा पनि त्यस्तै भइरहेको छ । यहाँ डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म संक्रमितको संख्या निकै कम देखिएको थियो तर मार्चदेखि अचानक यसमा वृद्धि सुरु भयो । अब हरेक दिन एक लाखभन्दा बढी बिरामी बढिरहेका छन् । भारतमा कोरोनाको पहिलो पीकमा एकैदिन सबैभन्दा धेरै ९७ हजार मानिस संक्रमित भेटिएका थिए । आँकडाका अनुसार यदि यसपटक संक्रमणको गतीमा चाँडै नै लगाम नलगाए स्थिति अमेरिकाभन्दा पनि खराब हुनेछ ।