डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरण गर्न राष्ट्रपति भण्डारीको आह्वान
फ्ल्यासन्युज नेपाल२०७७ चैत २६ गते २३:१२
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छिन् ।राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरेकी हुन् ।उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छिन्