सोमबार, चैत १३, २०७९

पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते १७:१६

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का २६० संक्रमित थपिएका छन् । चार हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २६० जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३६ जनाले ज्यान गुमाइसकेका छन् । हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया