मंगलबार, जेठ १६, २०८०

नङ टोक्नु गम्भीर बिरामीको संकेत, के तपाईंको यस्तो बानी त छैन ?

फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते १६:५२

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् ।मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो ।नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् ।

नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् ।आँकडाअनुसार, नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन् । यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

यो पनि पढ्नुहोस् :के तपाईंको औंला पड्काउने बानी छ ? यसो भन्छन् वैज्ञानिक !!:औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ?एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो ।वैज्ञानिकहरूको एक समूहले औंला पड्किने आवाज जोर्नीहरूको बीचमा घर्षण घटाउनका लागि जिम्मेवार साइनोभियल पदार्थमा रहेको ग्यास भरिएको प्वालबाट आउने बताएको छ ।

एमाआरआई गरेर अनुसन्धानकर्ताहरूको टोलीले यो कुरा पत्ता लगाएको हो । एकजना मान्छेलाई औंला पड्काउन लगाएर वैज्ञानिकहरूको यो पत्ता लगाएका थिए ।यसरी आवाजको स्रोत पत्ता लगाएपछि वैज्ञानिकहरूले यसो गर्नु हानिकारक हो कि सुरक्षित पनि पत्ता लगाउन सक्ने आशा गरेका छन्

तपाइँको प्रतिक्रिया