बिहीबार, मंसिर १४, २०८०

दुबईमा न ग्न फोटोसुट गर्ने ११ युक्रेनी महिला पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते १४:५१

दुबईमा एक समूहलाई बालकोनीमा न ग्न फोटोसुटपछि सार्वजनिक नग्नताको आ रोपमा पक्राउ गरिएको छ ।शनिबार अनलाइन पोस्ट गरिएको एउटा भिडियो फुटेजमा न ग्न महिलाको एउटा समूह देखिएको छ जो बालकोनीमा छन् र उनीहरुको तस्बिर खिँचिदैछ ।युक्रेनी वाणिज्य दूतावासले बीबीसीसँगको कुराकानीमा ११ युक्रेनी महिलालाई हि रासतमा लिइएको जानकारी दिएको छ । यस्तै रुसी मिडिया अनुसार रुसका एक व्यक्तिलाई पनि हि रासतमा लिइएको थियो ।दुबईमा सार्वजनिक न ग्नताको मामिलामा ६ महिनासम्म जेल र ५ हजार दिरहामको ज रिवाना लगाउने प्रावधान छ ।

यूएईको धेरैजसो कानून शरीया कानूनमा आधारित छ र अतितमा पनि मानिसहरुलाई सार्वजनिक स्थानमा प्रेम व्यक्ति गरेको र समलैङ्गिक सम्बन्धको सार्वजनिक प्रदर्शन गरेकोमा जेल सजाय दिइसकिएको छ ।लगभग एक दर्जन महिला दुबईको मरिना इलाकामा बालकोनीमा न ग्न फोटोसुट गराइरहेका थिए ।युक्रेनी वाणिज्य दूतावासका अनुसार यी महिलासँग मंगलबार भेटघाट गरिनेछ ।

यसअघि रुसी मिडियामा सार्वजनिक भएको रिपोर्ट अनुसार आठ रुसी महिलालाई पक्रउा गरिएको थियो तर अब यो खबर अस्वीकार गरिएको छ ।तर रिया समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गर्दै यो सूटका प्रबन्ध मिलाउने एक रुसी नागरिकलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ ।दुबईमा प्रहरीले पहिले नै कुनै पनि अश्लील सामग्री वा सार्वजनिक नैतिकतालार्य हानी पुर्‍याउन सक्ने यस्ता कुनै पनि सामग्री प्रकाशित गर्दा जेलको कारावास वा जरिवाना तिनुपर्ने चेतावनी दिइसकेको छ ।

प्रहरीले आफ्नो बयानमा भनेको छ, ‘यस्तो प्रकारको अस्वीकार्य व्यवहार अरब समाजको मूल्य र नैतिकलाई दर्साउँदैन ।’यूएईका नागरिक र सबै पयर्टकमाथि यो नियम लागू हुन्छ । यसमा कुनै पनि पर्यटकलाई कत्ति पनि छुट हुनेछैन ।अतितमा दुबईमा छुट्टीका बेला पर्यटकलाई हिरासतमा लिइएका केही हाई–प्रोफाइल मामिला पनि सार्वजनिक भइसकेका छन् ।

सन् २०१७ मा एक बेलायती महिलालाई एक व्यक्तिसँग सहमतिले यौ न स म्बन्ध स्थापित गरेका कारण एक वर्षको जेल सजाय सुनाइएको थियो ।यस्तो यसकारण किनभने ती महिलाले ती व्यक्तिसँग विवाह नै नगरी यौ न स म्बन्ध स्थापित गरेकी थिइन् । वास्तवमा महिला ती व्यक्तिको धम्कीपूर्ण सन्देशका कारण अधिकारीकोमा गएकी थिइन् र यो सम्बन्धबारे थाहा भएपपि ती महिलालाई सजाय दिइएको थियो ।

तपाइँको प्रतिक्रिया