बिहीबार, मंसिर १४, २०८०

जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा

फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते १२:२८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम पश्चिम गएका छन् । जनआन्दोलन दिवस (चैत २४) को कार्यक्रममा सहभागी हुन उनी रुकुम पश्चिम गएका हुन् । प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।

तपाइँको प्रतिक्रिया