बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ फेरि विश्वकै पहिलो प्रदूषित शहर बन्यो

फ्ल्यासन्युज नेपाल२०७७ चैत २४ गते ११:४९
काठमाडाैँ । नेपालमा वायु प्रदूषण फेरि बढ्न थालेको छ ।  केही दिनअघि केही वायु प्रदूषणमा सुधार भए पनि पुनः काठमाडाैँसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण बढ्न थालेको वातावरण विभागले जनाएको छ ।काठमाडाैँ उपत्यका अहिले पनि विश्वकै प्रदूषित शहरकाे सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति-हानिकारक मानिन्छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।काठमाडाैँको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाडाैँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।यसअघि देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय समेत बन्द गराएको थियो । गर्मी बढेको तर पानी नपरेकाले सुख्खापन धेरै हुँदा देशका विभिन्न जंगलमा डढेलो लाग्दा वायु प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् ।

१० उच्च् प्रदूषित शहर

तपाइँको प्रतिक्रिया