शुक्रबार, असोज १४, २०७९

अभिनेत्री भुमि पनि कोरोना संक्रमित

फ्ल्यासन्युज नेपाल२०७७ चैत २३ गते २२:४३

म्बई । बलिउड अभिनेत्री भुमि पेडनेकर कोरोना संक्रमित भएकी छन् । भुमिले आफु कोरोना संक्रमित भएको जानकारी इस्टामार्फत सार्वजनिक गरेकी हुन् । ‘म आराम महसुस गरिरहेकी छु । हल्का लक्षण देखिएको छ । डाक्टरको टचमा रहँदै सावधानी अपनाइरहेकी छु’ उनले लेखेकी छन् ‘यदि तपाई मेरो सम्पर्कमा आउनुभएको भए तुरुन्त टेष्ट गर्नुस् ।’ भिटामिन सी र खाना राम्रोसँग खाएर आफुलाई खुसी समेत राखेको बताएकी भुमिले अहिलेको परिस्थितिलाई हल्का रुपमा नलिन सबैमा अनुरोध समेत गरेकी छन् ।

उनले अगाडि भनेकी छन् ‘मैले सबै सावधानी अपनाएको थिए । तर पनि कोरोना संक्रमित भए । माक्स लगाउनुस्, आफ्नो हात धोइ रहनुस् ।’ कामको कुरो गर्ने हो भने भुमिको फिल्म दुर्गामती हालै रिलिज भएको थियो । जसमा रहेको उनको अभिनयले तारिफ पाएको थियो । उनी अब छिट्टै फिल्म ‘बधाई हो’ मा समेत देखिँदैछन् । फिल्मको सुटिङ हालै उनले पुरा गरेकी छन् । फिल्ममा उनको साथमा राजकुमार रावको समेत अभिनय छ । भुमि अगाडि बलिउडमा अक्षयकुमार, गोविन्दा, आलिया भट्ट, फत्तिमा सना शेखलगायतका थुप्रै कलाकारमा कोरोना संक्रमित पाइएको छ ।

तपाइँको प्रतिक्रिया