अब ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने
फ्ल्यासन्युज नेपाल२०७७ चैत २३ गते २२:३१
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ ।आगामी जेठ १ गतेदेखि लागू हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको हो ।प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने विधिलाई परिवर्तन गर्दै नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ ।
७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने र सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित नहुने बनाइएको छ ।निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताइएको छ ।