मंगलबार, असोज ११, २०७९

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै: आयल निगम घेराउ

फ्ल्यासन्युज नेपाल२०७७ चैत २३ गते १८:०१

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एमालेको खनाल–नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले आयल निगम घेराउ गरेको छ । विद्यार्थीहरुले बबरमहलस्थित नेपाल नेपाल आयल निगमको कार्यालय अगाडी प्ले-कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगममा ज्ञापन पत्र समेत बुझाएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले आम सर्वसाधारणको ढाड सेकिएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरिएको र फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी अनेरास्ववियुले जनाएको छ ।आयल निगमका निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकाले नेपालमा पनि भाउ बढेको र बिद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिनुभयो ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

तपाइँको प्रतिक्रिया