शुक्रबार, असोज २१, २०७९

सरकारले विश्वासको मत लिनु आवश्यकता छैन : मन्त्री ज्ञवाली

फ्ल्यासन्युज नेपाल२०७७ चैत २३ गते १७:५५

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिनु नपर्ने तर्क गरेका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री ज्ञवालीले सो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रको समर्थन कायमै रहेकाले विश्वासको मत लिनु आवश्यक नरहेको दाबी गर्नुभयो ।

प्रतिनिधिसभाको अघिल्लो बैठकमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट नेकपा विभाजित भएकाले सरकारले विश्वासको मत लिनुपर्ने धारणा राखेका थिए ।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा (एमाले)लाई चिन्दिनँ भन्ने भनाईको खण्डन गर्दै सरकार संविधानअनुसार नै चलेको बताउनु भएको हो ।

दार्चुलाको सीमाना रहेको महाकाली नदीमा भारतले बनाइरहेको बाँधका सम्बन्धमा भारतलाई सरकारले ध्यानाकर्षण गराइसकेको भन्दै एक हप्तापछि भारत र नेपाल दुवैको नापी विभागले तथ्यगत प्रमाण संकलन गर्ने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया