बिहीबार, चैत ९, २०७९

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको निधन

फ्ल्यासन्युज नेपाल२०७७ चैत २३ गते ६:५६

काठमाडाैं । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उहाँको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँका चार छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया