नेपाल-खनाल समूहद्धारा काठमाडौंमा समानान्तर कमिटी घोषणा
फ्ल्यासन्युज नेपाल२०७७ चैत २२ गते २१:१७
काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । बुद्धनगरमा भएको अगुवा कार्यकर्ता भेलाले वसन्त मानन्धरको नेतृत्वमा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
जसको उपाध्यक्षमा शोभा सापकोटा,सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।