बुधबार, जेठ २४, २०८०

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह नियुक्त

फ्ल्यासन्युज नेपाल२०७७ चैत २२ गते १४:२७

काठमाडौं । नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । एशियन फुटबल महासंघ (एएफसी)ले आफ्नो आधिकारिक प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा प्रो लाइसेन्स भएको अनिवार्य गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरेको हो । आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

यसअघि स्विडेनका प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि खालि रहेको मुख्य प्रशिक्षक पोष्टमा अब अब्दुल्लाहले सम्हाल्ने भएका छन् । कालिनले राजिनामा दिएपछि कार्यबाहक मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले टिमलाई सम्हालेका थिए ।

तपाइँको प्रतिक्रिया