आइतबार, चैत १२, २०७९

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ चैत २२ गते १०:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजे पेरिसडाँडामा बोलाइएको नेकपा माओवादी केन्द्रको बैठक अन्तिम समयमा आएर एकाएक स्थगित गरिएको हो ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्नुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताइएको थियो ।

तपाइँको प्रतिक्रिया