मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो- डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विदाई अनिवार्य भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराई निकै आक्रमण रुपमा प्रस्तुत हुँदै प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।
शनिबार विहान ट्विट गर्दै डा. भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णयको स्वागत गरेका छन् । उनले भनेका छन्,अन्ततस्प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !
पछिल्लो समय जसपाले सत्ता साझेदारीका लागि नेकपा एमालेसँग आफ्नो सर्त सहित वार्ता प्रकृया अघि बढाएको भए पनि नेता भट्टराई भने तल्लो स्तरका शव्द प्रयोग गर्दै प्रधानमन्त्री ओलीको विरोध गर्दै आइरहेका छन् ।