कीर्तिपुरका विभिन्न क्षेत्रमा आज पनि ६ घण्टा विधुत अवरुद्ध हुने
फ्ल्यासन्युज नेपाल२०७७ चैत २१ गते ८:४९
काठमाडौं । काठमाण्डौको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।
मर्मतको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाने भएको हो ।
बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।
यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले सूचना निकालेर जनाएको छ ।