शुक्रबार, असोज १४, २०७९

तीन वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा

फ्ल्यासन्युज नेपाल२०७७ चैत २० गते २०:०६

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षभित्रै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन पनि दिए ।

मेलम्चीको खानेपानी काठमाडौं आएपछि सिन्धुपाल्चोकको याङ्ग्री र लार्केखोलाको पानी ल्याउने काम भइरहेको छ । याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा मिसाएर काठमाडौं ल्याइनेछ ।

मेलम्चीको १७ करोड लिटर पानीले काठमाडौंको माग पूरा गर्न सक्दैन । त्यसैले पनि याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा मिसाएर काठमाडौं ल्याउन लागिएको हो । आयोजनाका लागि जग्गा अधिग्रहणको काम ७० प्रतिशत सकिएको छ ।

तपाइँको प्रतिक्रिया