सैन्य कू पछि म्यानमारमा ४३ बालबालिका मारिए सेभ द चिल्ड्रेन
फ्ल्यासन्युज नेपाल२०७७ चैत २० गते १०:२९
एजेन्सी । बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा जारी प्रदर्शनमा ४३ जना बालबालिकाको मृत्यु भइसकेको दाबी गरेको छ ।
म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ४३ जना बालबालिका रहेको सेभ द चिल्ड्रेनले बताएको हो । त्यहाँ सैन्य शासनको विरोधमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।
हाल म्यानमारको अवस्था ‘डरलाग्दो सपना भन्दा पनि खतरनाक’ रहेको सेभ द चिल्ड्रेनले बताएको छ । म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तर्राष्ट्रिय समूदायले आग्रह गर्दै आइरहेको छ । तर त्यहाँको सेनाले लोकतन्त्र बहाली गर्न गरिएको आग्रहलाई बेवास्ता गर्दै आएको छ ।