बुधबार, जेठ २४, २०८०

एमाले र माओवादी पार्टी ब्युँताउने फैसला पुनरावलोकन नहुने

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते १४:१२

काठमाडौं । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीको नाम ऋषी कटेल नेतृत्वको नेकपासँग जुधेपछि सर्वाेच्च अदालतले पार्टी एकता खारेज भएको फैसला सुनाएको थियो ।

उक्त फैसला विरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन गर्न निवेदन पेश गरेका थिए उक्त निवेदनलाई सर्वोच्च अदालतले बिहीबार अनुमति नदिने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकनका लागि अनुमति नदिने फैसला गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पुनरावलोकन नहुने जानकारी दिए ।

तपाइँको प्रतिक्रिया