बुधबार, जेठ २४, २०८०

जसपाले ओलीतन्त्रको घॉस खान्न- भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते १३:४८

काठमाडौं । जनता समाजवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गरेका छन् । रेशम चौधरीलाई रिहाईको सर्त देखाएर जसपालाई सत्तामा ल्याउन खोजेको भन्दै डा. भट्टराई प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्विट गर्दै रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्के भनेका छन् । उनले बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो भन्दै आश्चर्य व्यक्त गरेका छन् । के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेसरकम्युनिष्ट पंचायत छिरेका थिए भन्दै प्रश्नका गरेका भट्टराई जसपाले ओलीतन्त्रको घॉस खान्न चेतना भया भन्दै ट्विट मार्फत उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया