सोमबार, चैत १३, २०७९

माओवादी केन्द्रले तत्काल सरकारको समर्थन फिर्ता नलिने

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते १२:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ताल नलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल औपचारिक रूपमा फिर्ता नगर्ने भएकोहो।

बिहीबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

उनले शनिबार वा आइतबार औपचारिक स्थायी कमिटीको बैठक बसेर राजनीतिक कोर्ष कता लैजाने भन्ने विषयमा निर्णय गर्ने बताए। नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिन ढिलाइ गरेको उनको दाबी छ।

तपाइँको प्रतिक्रिया