बिहीबार, मंसिर १५, २०७९

प्रचण्डको पुनरावलोकन मुद्दामा आज सुनुवाइ हुँदैं

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते १२:२४

काठमाडौं । नेकपाको एकता बदर गर्ने सर्वोच्चको निर्णयविरुद्ध परेको पुनरावलोकन निवेदन प्रक्रिया बारे आज निर्णय हुने भएको छ ।

सर्वोच्च अदालतले निवेदनमा निस्सा प्रदान गरे यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रले जिकिर गरेको छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी -(नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिंदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

तपाइँको प्रतिक्रिया