माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।
फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
आजको बैठकमा समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताइएको छ । केही दिनअघि काठमाडौँको प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिने निर्णय केही दिनभित्रै हुने बताएका थिए ।
मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष दाहाल समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।