बिहीबार, मंसिर १४, २०८०

म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनद्वारा अस्वीकार

फ्ल्यासन्युज नेपाल२०७७ चैत १९ गते ९:५४

एजेन्सी । म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेकव छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पेश भएको म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनले अस्वीकार गरेको हो ।

राष्ट्रसंघका लागि चिनियँ दूतले म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउँदा झनै तनाव बढ्ने भन्दै प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा जारी कूविरुद्धको प्रदर्शनमा सेनाले गरेको दमनका कारण रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा बढेको भन्दै म्यान्मारका लागि राष्ट्रसंघकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी थिइन् ।

गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि सुरक्षा परिषद्‌को आपतकालीन बैठक बोलाइएको थियो ।

हालसम्म म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा उत्रिएका ५ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सैन्य कूको विरोधमा विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया