पछिल्लाे २४ घण्टामा १६२ मा कोरोना सङ्क्रमित थपिए
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिए।
आज थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । आज कुनै पनि सङ्क्रमितको निधन भएको छैन ।
यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष ९आइसियु० र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा। गौतमले जानकारी दिए ।माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बताएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलासँगै दल विभाजित भएकाले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने भन्दै विश्वासको मत लिनुपर्ने बताएका हुन्। उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० ९२० आकर्षित हुनेछ ।’
‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । सर्वोच्च अदालतको फैसलापछि सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७५ ९१० को सरकार भएको भनेको थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले ७६ ९२० आकर्षित गरेको छ । त्यसैले दल विभाजित भइसकेको अवस्थामा सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ। अनि मात्र वैधानिकता हुन्छ।’
‘दल विभाजित भएको २३ चैतमा ३० दिन पुग्ने भन्दै गुरूङले ‘यदि २३ चैतभित्र विश्वासको मत नलिए यो सरकारको हैसियतमाथि कानुनी र संवैधानिक प्रश्न उठ्ने बताए ।