दुई जनाको ज्यान जाने बागलुङ घटनामा संलग्न चार जना पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ चैत १८ गते १५:५९
काठमाडौं । बडिगाड गाउँपालिका वडा नम्वर १० बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।
पक्राउ गरेकाको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरुलाई बडिगाडको दर्लिङबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।
आइतबारको झडपमा बागलुङको निसीखोला गाउँपालिका वडा नम्वर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । केही घाइते भएका छन् । मृतकका परिवारले शव बुझेका छन् ।