बुधबार, मंसिर २१, २०७९

एकल सरकार गठनका लागि एमालेले बोलायो संसदीय दलको बैठक

फ्ल्यासन्युज नेपाल२०७७ चैत १८ गते १४:०५

काठमाडौं ।  नेकपा एमालेले कर्णाली प्रदेश सरकारले संसदीय दलको बैठक बोलाएको छ । सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएपछि नेकपा एमालले एकल सरकार गठन गर्नका लागि संसदीय दलको बैठक बोलाएको  स्रोतले जनाएको छ ।

संसदीय दलको बैठक यहि चैत २२ गतेका लागि बोलाएको हो । गत चैत ५ गते बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यो बैठकमा नेकपा एमालेका नेपाल समूहका सांसदहरु अनुपस्थित भएका थिए ।

तपाइँको प्रतिक्रिया