सोमबार, चैत १३, २०७९

महोत्तरीबाट वेपत्ता भएका किशोरी र बालिका बिहारमा भेटिए

फ्ल्यासन्युज नेपाल२०७७ चैत १८ गते ११:३५

काठमाडौं। महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका बिहारको सीतामढीमा भेटिएका छन्। मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी भेटिएको प्रहरीले जनाएको छ।

उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिएका छन् ।

घाँस काट्नभनि गएका उनीहरु मंगलबार वेपत्ता भएका थिए।बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् । उनीहरुलाई भारतीय प्रहरीले समातेर राखेको जनाइएको छ । यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरि उनका परिवारको जिम्मा लगाइने भएको छ ।

 

मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए । उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया