बिहीबार, चैत ९, २०७९

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, १६७ जना नयाँ संक्रमित थपिए

फ्ल्यासन्युज नेपाल२०७७ चैत १७ गते १८:११

काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ र पहिले छुटेको दुईसहित पाँचजना मृतक थपिएको मन्त्रालयले जनाएको छ । यो सँगै देशमा कोरोनाबाट ज्यान गुमाउने संख्या ३ हजार ३० पुगेको छ ।

पछिल्लो पटक ३ हजार १ सय ४० नमूनाको पीसीआर परीक्षण गर्दा १ सय ६७ जना नयाँ संक्रमित भेटिएका छन् । यी मध्ये सबैभन्दा धेरै काठमाडौंमा ७८ जना छन् । यस्तै कास्कीमा ३२ र चितवनमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । तिमध्ये १ हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्। पछिल्लो पटक १ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया