मंगलबार, जेठ १६, २०८०

नेकपा खारेज गर्ने फैसलाविरूद्ध अध्यक्ष दाहालले दिए पुनरावलोकनको निवेदन (पूर्णपाठ)

फ्ल्यासन्युज नेपाल२०७७ चैत १७ गते १३:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध अध्यक्ष दाहालले पुनरावलोकनको निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर, सो निर्णयको विरोध गर्दै ऋषि कट्टेल सर्वोच्च अदालत गएका थिए । आफू नेतृत्वको नेकपा निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको भन्दै अध्यक्ष कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो ।

फैसलाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले रिट निवेदकको माग विपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको बताउँदै पुनरावलोकनको निवेदन दिएको हो ।

पुनरावलोकनको निवेदन (पूर्णपाठ)

तपाइँको प्रतिक्रिया