शनिबार, असोज १५, २०७९

पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधन

फ्ल्यासन्युज नेपाल२०७७ चैत १६ गते १५:१५

काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका निवासी भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया