बिहीबार, मंसिर १५, २०७९

वायु प्रदुषण बढेसँगै चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

फ्ल्यासन्युज नेपाल२०७७ चैत १६ गते १४:५८

काठमाडौं । सरकारले भोलीबाट चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्याका सहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेसँगै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ ।

पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक ९एक्यूआई० अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

तपाइँको प्रतिक्रिया