आइतबार, चैत १२, २०७९

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्याे

फ्ल्यासन्युज नेपाल२०७७ चैत १६ गते १२:१४

काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाइँको प्रतिक्रिया