बुधबार, जेठ २४, २०८०

होलीमा एसिडले छ्याप्दा तीन जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ चैत १६ गते ११:५८

काठमाडौं । होली खेल्ने क्रममा एसिडले छ्याप्दा तीन जना घाइते भएका छन् । होली खेल्ने क्रममा डेरी राखेको एसिडले छ्याप्दा शंखरापुर नगरपालिका १ का १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ । साथै घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया