प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
फ्ल्यासन्युज नेपाल२०७७ चैत १५ गते १५:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो । उनीहरुबीच संसद प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । साथै सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।
पछिल्लो समय सभामुख सापकोटा संसद संचालन प्रक्रियामा सहयोगी नबनेको प्रधानमन्त्री ओलीले आरोप लगाउँदै आएका छन् ।